Section 88M
फरफारख सम्बन्धी कार्यको अन्तिम विवरण पेश गर्नु पर्ने
(१) विशेष प्रशाषन समूहले फरफारख  सम्बन्धी कार्य सम्पन्न गरेपछि वा त्यस्तो समूहको म्याद समाप्त भएपछी वा कुनै कारणले सो समूह विघटन भएको पन्ध्र दिनभित्र निजले आफुले सम्पन्न गरेको काम कारबाही एवं सम्बन्धित वाणिज्य बैंकवा वित्तीय संस्थाको आम्दानी र खर्चको विवरण, वित्तीय कारोवारको श्रोत एवं सोको उपयोग सम्बन्धी विवरण लगायत बाँकी सम्पत्ती र दायित्वको विवरण तयार गरी परीक्षण गराई सो समेत समावेश गरिएको प्रतिवेदन बैंकसमक्ष पेश गर्नु पर्नेछ । त्यस्तो प्रतिवेदनमा सो संस्थाका सन्दर्भमा भविष्यमा बैङ्कले चाल्नु पर्ने कदमहरुको सम्बन्धमा आवश्यक सुझाव समेत समावेश गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजीम प्रतिवेदन प्राप्त भएपछि बैङ्कले सो प्रतिवेदनमा उल्लिखित सुझाव समेतलाई विचार गरी दफा ८८छ बमोजीम उक्त वाणिज्य बैंकवा वित्तीय संस्थाको सञ्चालनको व्यवस्था मिलाउने वा  दफा ८८ण. बमोजीम खारेजीको लागि अदादतमा निवेदन दिने विषयमा आवश्यक निर्णय गर्नु पर्नेछ ।